scheduleशनिवार भाद्र ७ गते, २०७६

सडक डिभिजन प्रमुखसहित ५ जना ९ लाख घुससहित पक्राउ

पाेखरा, २४ साउन । अख्तियार दुरुपयोग अुनसन्धान आयोगले डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इन्जिनियरसहित ५ जनालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले डिभिजन इन्जिनियर हरिकुमार पोखरेलसहित पाँचजनालार्ई ९ लाख घुस लिँदा पक्राउ गरेको हो ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इन्जिनियर पवित्रमणि आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई ९ लाख घुससहित पक्राउ गरेकाे हाे।

अख्तियारले डिभिजन सडक कार्यालय, पोखराअन्तर्गत कार्यान्वयन भइरहेका विभिन्‍न योजनाहरुको भुक्तानी तथा पेस्की निकासा गरेबापत् जिएसआर निर्माण सेवा, पोखराका प्रोपाइटर र सडक डिभिजन कार्यालयका कर्मचारीबीच घुस लेनदेन भइरहेका बेला उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै घुसबापतको रकम दिएलगत्तै उक्त डिभिजन सडकको सरकारी निवासबाट फरार भएका जिएसआर निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage