scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

नगरबासीले भष्ट्राचार गर्ने मेयरलाई महिलाको भेषमा शहर घुमाए

एजेन्सी, २४ साउन । चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता बिर्सेको र भष्ट्राचार गरेको भन्दै एक मेयरलाई मेक्सिकोका नागरिकले महिलाको लुगा लगाउन लगाएर शहर घुमाए।

समाचार अनुसार गत हप्ता ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुमाएका थिए ।

चुनावका बेला गरेका बाचा भुलेको भन्दै मेयरप्रति आक्रोशित भएका नगरबासीले मेयर जिमेनेजलाई गाढा कालो रङको लामो स्कर्ट र सेतो ब्लाउज लगाएर सडकमा हिड्न बाध्य पारेका थिए ।

मेयरसँगै एक जना कर्मचारी समेत महिलाको भेषमा हिडेका थिए । ती कर्मचारीले गुलाबी रङको महिला पहिरनमा सजिएर मेयरसँगै हिडेका थिए।

समाचार अनुसार मेयर जिमेनेजले चुनावताका शहरको खानेपानी प्रणाली सुधार गर्न करिब १ लाख ५८ हजार डलर बजेट छुट्याउने वाचा गरेको तर उक्त रकम मेयरले हिनामिना गरेको आरोपमा नगरबासीले यस्तो सजायँ दिएका हुन् ।

अँध्यारो मुख लगाएर शहर घुमेका मेयर जिमेनेजले शहरवासीलाई आफूले काम गर्न खोजेको बताइरहेका थिए। तर, उनीहरू भने मेयरलाई गाली गरिरहेका थिए।

तर महिलाको पोशाकमा शहर घुम्न बाध्य पारिएका मेयरले भने आफू निर्दाेष भएको दाबी गरेका छन्।

आक्रोशित नगरवासीले सरकारको असफलतामाथि आलोचना गरिएका प्लेकार्ड समेत बोकेका थिए।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage