scheduleशनिवार भाद्र ७ गते, २०७६

ठेकेदार गैरजिम्मेवार हुँदा निर्माणाधिन पुल र मन्त्रीको निर्देशन अलपत्र


रौतहट, २४ साउन । रौतहटको चन्द्रपुर नगरपालिका–३ गैंडाटारस्थित चाँदी खोलामा निर्माणाधिन पुल अलपत्र अवस्थामा पुगेको छ । निर्माण कम्पनीले निर्माण कार्य समयमा नै सम्पन्न नगर्दा निर्माण कार्य अलपत्र भएको हो ।

२२ करोड ४४ लाखमा बनाउने ठेक्का लिएको पप्पु–शिवशंकर जेभीले २०७६ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि निर्माण कम्पनीले पुलको काम अहिले अलपत्र छोडिदिएको छ । पुल निर्माण सम्पन्न भएर सुचारु हुनु पर्ने अवस्थामा ४० प्रतिशत पनि काम नहुनु ठेकेदार कम्पनीको गैरजिम्मेवारीपन भएको स्थानीयको गूनासो छ ।

पुल नबनेकै कारण स्थानीयले समस्या झल्दै आएका छन् । यसअघि भौतिक योजना तथा निर्माण मन्त्री रघुविर महासेठले स्थलगत निरीक्षण गरी पुल निर्माणको काम समयमै सक्न निर्देशन दिएका थिए ।

काममा गैरजिम्मेवार ठेकेदारमाथि प्रशासन र राजनीतिकर्मीको संरक्षण रहेको भन्दै स्थानीयहरु असन्तुष्ट बनेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage