scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

२ जिल्लामा ३ दिनदेखि सञ्चारसेवा ठप्प


ओखलढुंगा, २४ साउन । तीन दिनदेखि ओखलढुंगा र खोटाङमा सञ्चारसेवा ठप्प हुदाँ स्थानीयलाई समस्या भएको छ । गत बुधबार बेलुकादेखि ओखलढुंगा र खोटाङमा नेपाल टेलिकमद्वारा वितरण गरिएको नमस्ते मोबाईल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।

हावाहुरीले उदयपुरको चित्रेमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता भाँचिएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख बच्चु खतिवडाले जानकारी दिए ।

हावाहुरीका कारण सेवा सुचारु गराउन समस्या भईरहेको उनले बताए । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायमा असर पुगेको छ ।

ओखलढुंगामा एनसेलको सेवा पनि नहुँदा समस्या भएको छ । ओखलढुंगा र खोटाङमा नेपाल टेलिकमको सेवा गुणस्तरिय नहुँदा यस क्षेत्रका स्थानीयलाई सुचना आदान प्रदानमा समस्या हुने गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage