scheduleमगलवार आश्विन २८ गते, २०७६

ओमानमा आयोजना हुने टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दै नेपाल


काठमाडौं, २४ साउन । नेपालले ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल सहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २० गते, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ गते र अन्तिम खेल नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।

नेपाली टिमले नयाँ अवसर पाए पनि कमजोर व्यवस्थापनका कारण अहिलेसम्म तयारी सुरु हुन सकेको छैन ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage