scheduleशनिवार भाद्र ७ गते, २०७६

कुसुण्डे भिरमा जिप खस्यो, १ को मृत्यू, ४ घाइते


गुल्मी, २४ साउन । गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका ३ गौडाकोटको कुसुण्डे भिरमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी सवारी चालक ४६ वर्षीय हरि प्रसाद पाण्डेको मृत्यु भएकाे छ । उनी जिल्लाको छत्रदेव गाउँपालिका-७ का स्थायी बासिन्दा हुन् ।

सशस्त्र प्रहरी बल गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खनालका अनुसार रिडीबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गम्भीर घाइते जिल्ला प्रहरी कार्यालय गुल्मीका गाडी चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेय, रेसुङ्गा नगरपालिका-३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका-१२ का शेर बहादुर बिकलाई उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage