scheduleबुधवार मंसिर ४ गते, २०७६

प्रहरीका दुई विधेयक टुङ्गिए

काठमाडौं, २५ साउन । लामो छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी समायोजन र नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन तयार पारेको छ ।

दुवै विधेयक प्रदेशमा प्रहरी सेवा स्थापनासँग समेत अन्तरसम्बन्धित छन् । दुवै विधेयकका प्रतिवेदन प्रतिनिधि सभामा पेस भइसकेका छन् तर पारितको प्रक्रिया भने सुरु भएको छैन ।

कतिपय प्रदेशहरूले प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक तर्जुमा गरे पनि सङ्घीय प्रहरीको व्यवस्थासम्बन्धी ऐन बन्न सकेको छैन ।

जसकारण प्रदेशले पारित गरेका विधेयक सङ्घीय ऐन बनेपछि बाझिने अवस्थासमेत छ । संविधान जारी भएको चार वर्ष पूरा हुन लागे पनि धेरै कानुन बन्न सकिरहेका छैनन् । गोरखापत्र दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage