scheduleमगलवार आश्विन २८ गते, २०७६

प्रिमियर लिगः पहिलो खेलमा लिभरपुलको प्रभावशाली जित


एजेन्सी, २५ साउन । प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ । अघिल्लो संस्करणको उपविजेता मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा प्रिमियरसिप च्याम्पियन नर्विच सिटीमाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो ।

पहिलो हाफमै ४–० को अग्रता बनाएको लिभरपुलविरुद्ध सिटीले एक गोल फर्काएपनि पराजय रोक्न सकेन ।

लिभरपुलका लागि मोहम्मद सलाह, भर्जिल भान डाइक र डिभोका ओरिगीले गोल गरे । खेलमा भाग्यमानी देखिएको लिभरपुलले एक गोल उपहार पाउन सफल भयो । खेलको सातौ मिनेटमा नै लिभरपुलले ग्रान्ट हान्लेको आत्मघाती गोल उपहार पाएको हो ।

खेलको १९औं मिनेटमा मोहम्मद सलाहले रोवर्टो फर्मिनोको पासलाई गोलमा बदल्दै लिभरपुलको अग्रता दोब्बर बनाए । २८औं मिनेटमा मोहम्मद सलाहको पासमा भर्जिल भान डाइकले अर्को गोल थपे ।

खेलको ३९औं मिनेटमा लिभरपुलका पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर चोट बोक्दै मैदानबाट बाहिरिएपछि उसलाई चुनौती थपिएको थियो । ४२औं मिनेटमा ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा डिभोक ओरिगीले गोल गरेका थिए ।

दोस्रो हाफमा डिफेन्समा निकै कमजोर देखिएको लिभरपुलको पोस्टमा खेलको ६४औं मिनेटमा टिमु पुक्कीले गोल गर्दै अग्रता घटाउने प्रयास गरे ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage