scheduleबिहिवार भाद्र ५ गते, २०७६

बलात्कार मुद्दामा नेयमारलाई राहत, अदालतद्वारा सफाइ


एजेन्सी, २५ साउन । एक युवतीले बलात्कारको मुद्दा लगाएपछि तनावमा रहेका नेयमारले राहत पाएका छन् । नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले शुक्रबार सफाई दिएपछि उनले राहत महसुस गरेका हुन् ।

‘ब्राजिलीयाली प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उहाँलाई सफाई दिइएको छ’, नेयमारको मुद्दा हेरेका ब्राजिलका न्यायाधीशलाई उद्धृत गर्दै अदालत स्रोतले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

प्रहरीले भने आरोपमा सत्यता नभेटिएको भन्दै नेयमारमाथि मुद्दा चलाउन इन्कार गरेको थियो । यद्यपि, करिब एक महिनासम्म ब्राजिलियाली अभियोजनकर्ताहरूले मुद्दालाई अनुसन्धान गरेका थिए ।

अभियोजनकर्ताले मुद्दालाई पुष्टि गर्ने आधार नभेटिएको भन्दै नेयमारलाई निर्दोष सिफारिस गर्न अदालतलाई सुझाव दिएका थिए ।

स्मरणीय छ, ब्राजिलकी एक महिलाले आफूलाई पेरिसस्थित एक होटेलमा गत मे महिनामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । नेयमारले उक्त आरोपलाई पूर्णतः अस्वीकार गर्दै आएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage