scheduleशनिवार भाद्र ७ गते, २०७६

३० लाखसम्म उपभोक्ता समितिमार्फत् काम


काभ्रेपलाञ्चोक, २५ साउन । काभ्रेको रोशी गाउँपालिकाले ३० लाख रुपैयाँसम्मको रकम उपभोक्ता समितिमार्फत् गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष डीबी लामाको अध्यक्षतामा बसेको ३५ औँ कार्यपालिका बैठकले आर्थिक बर्ष २०७६/०७७ को विनियोजित रकमको ३० लाखसम्म उपभोक्ता समितिले काम गर्न सक्ने निर्णय गरेको हो ।

बैठकले १ लाखदेखि ५ लाखका योजना मंसिर १५ गतेसम्म सम्पन्न गर्ने, ५ लाख देखि १० लाख सम्मका योजना फागुन मसान्तसम्म र १० देखि ३० लाख सम्मका योजना बैशाखसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । गाँउपालिका भित्र रहेका ढुंङा, गिट्टिको परिमाणमा १० प्रतिशतले घटाउन एक महिना भित्र टेण्डर आह्वान गर्ने निर्णय पनि गरेको छ ।

बैठकले स्थानीय दर रेट २०७६/०७७ बजेट पारित गरेको छ । रोशी गाउँपालिकाको जलश्रोत सम्बन्धि कार्यविधि २०७६, स्थानीय तह उपभोक्ता समिती गठन, परिचालन कार्यविधि २०७६, कर्मचारी कल्याणकोष कार्यविधि २०७६ पारित भएको छ ।

त्यस्तै आर्थिक सहायता २०७६, सार्वजनिक निती सहायता कार्यविधि २०७६ पनि पारित भएको गाउँपालिकाले जनाएको छ । वडा समितिको सिफारिस अनुसार २०७६ भाद्र १५ गतेभित्र दरबन्दी मिलान तथा विद्यालय मर्ज गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता पदमबहादुर लामाले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage