scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधनको तयारी


काठमाडौं, २५ साउन । सरकारले व्यवस्था गरेको सहुलियतपुर्ण कर्जा लिन झन्झटिलो भएको युवाहरुले गुनासो बढेपछि सरकारले सहुलियतपूर्ण कर्जा कार्यविधि संशोध गर्ने जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा पनि सबै निकायका अप्ठ्यारा फुकाउने गरि कार्यविधि संशोधन गरिने बताएका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बनाएर सातवटा क्षेत्रमा कर्जा प्रभाव सुरु गरेको एक बर्ष बित्न लागेपनि १६ हजार १ सय ६१ जनाले मात्र सहुलियतपुर्ण कर्जा लिएका छन् ।

सहुलियतपुर्ण कर्जा अन्तरगत विदेशबाट फर्किएका युवा परियोजना कर्जा लिनका लागि वैदेशिक रोजगारीबाट फर्किएको तीन बर्ष नकटेको हुनुपर्ने व्यवस्था छ । कार्यविधिमा विदेशमा गरेको कामको अनुभवको प्रमाणपत्र र सीप अनिवार्य हुनुपर्ने उल्लेख छ । यही व्यवस्थाका कारण वैदेशिक रोजगारीबाट फर्किएका अधिकांश युवा कर्जा सेवा लिनबाट बञ्चित भएको रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए ।

सहुलियतपुर्ण कर्जा लगानीका लागि सरकारले कर्जाको सुरक्षणको व्यवस्था पनि गरेको छ । तर प्रवाह गरिएको कर्जाको असुली प्रक्रिया १ वर्ष भित्र पनि शुरु नभए, नेपाल राष्ट्र बैंकमा कर्जा नोक्सान सुरक्षण दावी गर्न नमिल्ने प्रावधानले अप्ठ्यारोमा पारेको बैंकर एसोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको भनाई छ ।

रिटर्नी माइग्रेन्ट नेपाल लगायतका विभिन्न निकायले कार्यविधि संशोधन गर्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिसकेका छन् । सरकारले पनि सबै क्षेत्रका जानकारको गुनासोलाई सम्बोधन गर्नेगरी सहुलियतपुर्ण कर्जा कार्यविधि संशोधन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

अहिलेसम्म सबैभन्दा बढि व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा १५ हजार ४ सय १२ र महिला उद्यमशिल कर्जा पाँच सय २९ जनाले लिएका छन् । बाँकी शिर्षकका सहुलियतपूर्ण कर्जा लिनेको सङ्ख्या एक सय पनि ननाघेको बताईएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage