scheduleशनिवार भाद्र ७ गते, २०७६

बालुवा झिक्दा बनेको खाडलमा दुई युवा बेपत्ता, स्थानीयले मेसिन जलाए


धादिङ, २५ साउन । राति राति स्काभेटर लगाएर बालुवा झिकेको खाल्डोमा डुबेर धादिङमा दुई युवा बेपत्ता भएका छन् । जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ७ दरिङ्गाल खोलामा डुबेर दुईजना बेपत्ता भएका हुन् । शनिबार बिहान १० बजे नुहाउनको लागि खोलामा गएका १८ बर्षीय भिमबहादुर तामाङ र २१ बर्षय सुमन तामाङ बेपत्ता भएका स्थानीयले जानकारी दिएका छन् ।

बेपत्ता हुने दुवैजना गजुरी गाउँपालिका वडा नम्बर ६ भस्मेखर्कका युवाहरु हुन् । रातभरी स्काभेटरले बालुवा उत्खलन गर्दा पारेको खाल्डोमा पर्दा दुर्घटना भएको भन्दै स्थानीयले दुईवटा बालुवा झिक्न प्रयोग गरिएको उपकरण जलाएका छन् ।

घटनास्थलमा प्रहरी परिचालित भए पनि आक्रोशित भीडले स्काइभेटर जलाएका हुन् । प्रहरीले थप शक्ति मगाइरहेको घटनास्थलमा रहेका पत्रकार विक्रम अधिकारीले जानकारी दिए ।

दरिङ्गाल खोलामा रहेका ८ वटा अन्य स्काभेक्टर पनि जलाउने भन्दै स्थानीय खोला पसेपछि प्रहरीले थप शक्ति मगाएको हो ।
तस्बिर सौजन्यः विक्रम अधिकारी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage