scheduleबुधवार कार्तिक २७ गते, २०७६

जंगेको हत्या अभियुक्त मुत्रे पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिका-१९ ईनाटोल बस्ने अन्दाजी ३६ वर्षीय जंगे भनेर परिचित पुरुषको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

काठमाडौंकै ईनाटोल बस्ने उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय मुत्रे भन्ने विनोद खड्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-१९ ईनाटोलमा शुक्रबार बिहान जंगे भनेर परिचित पुरुषको शव फेला परेको घटनामा अनुसन्धान गर्ने क्रममा मृतक र खड्का संगसंगै ईनाटोलको पाटीमा बस्दै आएको प्रहरीले जनाएको छ । उनीहरूबीच सामान्य विवाद हुँदा खड्काले जंगेलाई इँटा तथा ढुंगाले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage