scheduleबिहिवार भाद्र ५ गते, २०७६

म्यानचेस्टर सिटीले वेस्टहमविरुद्ध पाँच गोल हान्यो

काठमाडौँ, २६ साउन ।  गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वेस्टहमविरुद्ध गोलको वर्षात् गरेको छ । वेस्टहम म्यानसिटीसँग ५-१ गोलले पराजित भएको हो ।

गएको सिजनको प्रिमियर लिग विजेता म्यानसिटीले पहिलो हाफमा ग्राबियल जेससको गोल मार्फत एक गोलको अग्रता बनाएको थियो । उनले खेलको २५ औँ मिनेटमा गोल गरे ।

तर, दोस्रो हाफमा चार गोल गरेपछि वेस्टहम लज्जास्पद हार भोग्न बाध्य बन्यो । प्रिमियर लिगको पहिलो खेलमा नै पाँच गोल खाएको वेस्टहमले म्यानसिटीका स्टार खेलाडी रहिम स्टलिंगलाई रोक्न सकेन ।

उनले खेलको ५१ औँ मिनेटमा, ७५ औँ मिनेटमा र ९० औँ मिनेटमा गोल गरे । त्यस्तै सर्जियो अगुइरोले पेनाल्टीमार्फत गोल गरे ।

म्यान सिटी तीन अंकका साथ लिगको शिर्षस्थानमा रहेको छ भने वेस्टहम अन्तिम स्थानमा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage