scheduleबिहिवार भाद्र ५ गते, २०७६

सागका लागि राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण आजबाट

काठमाडाैं, २६ साउन  ।  नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि राष्ट्रिय महिला फुटबल टिमले बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि आजबाट औपचारिक रुपमा महिला टिमको बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।

नेपाली टोलीले दुई साता अघिबाटै प्रारम्भिक प्रशिक्षण सुरु गरेको भएपनि औपचारिक रुपमा आजबाट बन्द प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षक हरि खड्काको अनुसार नेपाली टोलीको बन्द प्रशिक्षण नक्सालस्थित प्रहरी प्रधान कार्यालयको मैदानमा हुनेछ । राष्ट्रिय टिमको तयारीका लागि मैदान अभाव भएपछि महिला टिमको प्रशिक्षण नक्सालमा सारिएको प्रशिक्षक खड्काले बताए ।

यसअघि महिला टिमले एन्फा कम्प्लेक्स मैदानमा प्रशिक्षण गर्दै आइरहेको थियो । मुख्य प्रशिक्षक खड्काले सागको तयारी लागि प्रारम्भिक चरणमा ४२ खेलाडी बोलाइएको र यस पटक टिममा ८ नयाँ अनुहारलाई समावेश गराइएको बताए । मंसिर १५ बाट २४ सम्म नेपालमै आयोजना हुने सागको महिला फुटबल खेल पोखरा रंगशालामा हुनेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage