scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

यस्ता छन् गलत संस्कार तोड्ने स्थानीय सरकारका योजना

पर्वत, २६ साउन । स्थानीय सरकार बनेसँगै विकासनिर्माणका कामले मात्र तीब्रता पाएका छैनन्, गलत संस्कारका विरुद्ध अभियान चलेका छन् भने नयाँ परम्परा स्थापनाका लागि पनि योजना बनाई कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले यसबारेको राम्रो अभ्यास गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरण र बालिकाको शिक्षामा पहुँच बढाउन ‘छोरी पेवा वचत कार्यक्रम’ सुरु गरेको छ ।

गाउँपालिका भित्रका प्रत्येक घरमा जन्मिने छोरीलाई अभिभावक र गाउँपालिकाले मासिक एक सय रुपैयाँ पेवा बचतको रुपमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले  बताए । पर्वतको महाशिला गाउँपालिका भने महिला तथा शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन अध्यक्ष कोशेली कार्यक्रम चलाएको छ ।

गाउँपालिका भित्रका सुत्केरी महिलाको स्वास्थ्यमा सुधार गर्न गाउँपालिकाले सुत्केरी भएका महिलालाई एउटा कुखुराको भाले र एकमाना घीउ उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । अस्पतालमा नियमित जाँच गरी अस्पतालमै सुत्केरी हुने महिलाले २ हजार ८ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउँछन् तर बागलुङको गल्कोट नगरपालिका भित्रका सरकारी अस्पतालमा सुत्केरी हुने महिलाले ७ हजार ३ सय रुपैयाँ पाउँछन् ।

आमालाई पोषणयुक्त खाना खुवाउन समस्या नहोस् भनेर सरकारले दिँदै आएको प्रोत्साहन भत्तामा गल्कोट नगरपालिकाले रकम थपेर दिने गरेको नगर प्रमुख भरत शर्मा गैरेको भनाइ छ । गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । तर सबैले भने रचनात्मक काम गरेका छैनन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage