scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

झापामा छुट्टाछुटै घटनामा परी दुईको मृत्यु

बनियानी, २६ साउन । झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आइतबार  बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नं को मोटरसाइकलले गएराती ठक्कर दिँदा गम्भीर घाईते भएका तामाङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा तामाङसहित मोटरसाइकल चालक विर्तामोड–३ का ४५ वर्षीय देवबन्धु उप्रेती र मोटरसाइकलमा सवार १३ वर्षीय राकेश ठाकुर घाइते भएका थिए । घाइतेमध्ये उप्रेती र ठाकुरको बिर्तामोडस्थित बिएण्डसी. अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, झापाको भद्रपुर नगरपालिका–१० का बासुदेव जोगीको १२ वर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

घरबाट शनिबार दिउँसो १ बजे नै हिँडेका बालक बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा राति करिब ८ः३० बजे बिष्णु कन्स्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक बालकको शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage