scheduleबिहिवार भाद्र ५ गते, २०७६

ला लिगाको पहिलो खेल गुमाउँदै मेस्सी


एजेन्सी, २६ साउन । बार्सिलोनाका स्टार लियोनेल मेस्सी जारी सिजनको ला लिगाअन्तर्गतको पहिलो खेलमा मैदान बाहिरै हुने भएका छन् ।

आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेलमा मेस्सी चोटका कारण मैदान बाहिर रहने भएका हुन् । प्रशिक्षणको क्रममा पहिलै दिनमा पिडौंलामा चोट लागेपछि हाल उनी उपचार र विश्राममा रहेका छन् ।

मेसी मैदान बाहिर रहेपनि बार्सिलोनाले शानदार प्रदर्शन गरिरहेको छ । अमेरिकामा शनिबार राति बार्सिलोनाले इटालियन क्लब नेपोलीमाथि ४–० को फराकिलो जित निकालेको थियो । उक्त खेलमा पनि मेस्सी मैदान बाहिर नै थिए ।

नेपोलीविरुद्ध फराकिलो जितसँगै उत्साहित प्रशिक्षक इर्निस्टो भालभर्डेले अर्को खेलमा पनि मेस्सी बाहिरै रहने संकेत गरेका थिए । उनले मेस्सीलाई लिएर थप जोखिम नलिने र अर्को खेलसम्म उनी पूर्णरुपमा निको नहुने बताएका छन् ।

उनले भने, ‘मेस्सी पूर्णरुपमा निको नहुँदासम्म हामी पर्खन्छौं ।’ मेस्सी अनुपस्थित खेलमा नयाँ फरवार्ड ग्रिजमले गोल गरेर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage