scheduleशनिवार भाद्र ७ गते, २०७६

भारतको विचारधारा हिटलरको जस्तैः इमरान खान


काठमाडौं, २६ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको विचार धारा एडोल्फ हिटलरको जस्तै रहेको टिप्पणी गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटमार्फत यस्तो टिप्पणी गरेका । उनले आफूलाई भारतीय राष्ट्रिय स्वंयसेवक सङ्घ आरएसएसको विचारधारासँग डर लागेको बताएका छन् । त्यस्तै आफ्नो आधिकारिक खाताबाट लेखेका कुराहरूलाई पाकिस्तान सरकारको ट्विटबाट समेत प्रकाशित गरिएको छ ।

आरएसएस सत्तारूढ भारतीय जनता पार्टीसँग सम्बन्धित दक्षिणपन्थी, हिन्दू राष्ट्रियतावादी स्वंयसेवक संस्था हो । भारत सरकारले भारत प्रशासित कस्मीर माथिको विशेषाधिकार अन्त्य गर्दै केन्द्र शासित दुईवटा प्रदेशमा विभाजन गरेपछि पाकिस्तान रुष्ट भएको हो ।

लगत्तै पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोड्दै कुटनीतिक सम्बन्धलाई पनि सिमित तुल्याएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage