scheduleशनिवार भाद्र ७ गते, २०७६

तीजमा कडाई गरेकोमा महिलाहरुको आपत्ति


पर्वत, २६ साउन । तीज पर्वलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्वतले कडाई गरेको प्रति पर्वतका विभिन्न संघसंस्थाले आपत्ती जनाएका छन् ।

पर्वतमा क्रियाशील ९ वटा संघसंस्थाले संयुक्तरुपमा प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराउँदै तीज मनाउन गरिएको अवरोध स्विकार्य नभएको जनाएका छन् ।

सञ्चारिका समूह, ईनरह्वील क्लव अफ पर्वत, लायन्स क्लब अफ कुश्मा सिटी, महिला मानव अधिकार सन्जाल, सिसेफ महिला समूह, महिला उद्यमी समिति, व्युटिसियन संघ, सुनचाँदी महिला व्यवसायी संघ र होटल व्यवसायिक संघले प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई ध्यानाकर्षण गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतले तीजमा तडक–भडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन बिहिवार सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा तडकभडक गरि तीज नमाउन, होटल र पार्टी प्यालेसमा भोज नगर्न, गहना प्रदर्शन नगर्न भनिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage