scheduleमगलवार आश्विन २८ गते, २०७६

यी तीन खेलाडी बेच्न सके रियलले नेयमार किन्न सक्ने

काठमाडौँ, २७ साउन । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदान नेयमारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न चाहेका छन् । रियलको टिम अझै आधा अधुरो देखिएका कारण नेयमारले त्यो परिपुर्ति गर्नसक्ने बताइएको छ ।

उता नेयमार पनि पिएसजी छोड्न आतुर रहेका छन् । मिडिया रिपोर्टका अनुसार पिएसजीका प्रमुख नासिरले नेयमारलाई क्लबबाट अन्त पठाउन हदै लचिलो बनेको बताइएको छ ।

नेयमारले क्लबको अपमान गरेको भन्दै उनले क्लबको भविष्यसँग खेलवाड गर्ने खेलाडीहरु क्लब छोड्न सक्ने भन्दै बयान दिएका थिए ।

रियलले नेयमारलाई अनुबन्ध गर्न आफ्ना तीन खेलाडी ग्यारेथ बेल, हामेश रोद्रिगेज र मारियाना बेच्ने तयारी गरिराखेको छ । उनीहरुलाई राम्रो मुल्यमा बेच्न सकेमा क्लबले सहजै नेयमारलाई अनुबन्ध गर्नसक्ने बताइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage