scheduleशनिवार भाद्र ७ गते, २०७६

गर्मी बढ्दा जनजीवन प्रभावित

बारा, २७ साउन । केहि दिनयता बढेको गर्मीसँगै बारासहित प्रदेश नम्बर दुईको नागरिकको दैनिकी कष्टकर बनेको छ ।

गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । गर्मीका कारण बालबालिकालाई विद्यालय जान समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

अत्याधिक गर्मीका कारण विद्यालयहरुमा विद्यार्थीको उपस्थिति कम हुँदै गएको छ भने प्रदेशका मुख्य बजारहरु समेत सुनसान देखिन थालेका छन् ।

गर्मीका कारण टाइफाइड, ज्वरो, झाडापाखाला लगायत रोगका बिरामीको चाप पनि स्वास्थ्य संस्थाहरुमा बढेको चिकित्सकहरुले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage