scheduleशुक्रवार कार्तिक १ गते, २०७६

मालपोतका पूर्वनासुद्वारा आत्महत्या, सुसाइड नोटमा अख्तियार प्रमुखलाई अनौठो शुभकामना


काठमाडौं, २७ साउन । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कार्यालय, कलंकीका तत्कालीन एक कर्मचारीले आत्महत्या गरेका छन् । तत्कालीन नायव सुब्बा हरि आचार्यले अख्तियार प्रमुख नवीनकुमार घिमिरे र परिवारका सदस्यका नाममा दुई पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका हुन् ।

प्रहरीले आचार्यको शवलाई आइतबार त्रियुगा नगरपालिका– ९ रातामाटेस्थित शिखरकट्टे भन्ने ठाउँका जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको थियो । ५५ वर्षीय आचार्य उदयपुरको त्रियुगा नगरपालिका–१० का स्थायी निवासी हुन् ।

शनिबारदेखि हराइरहेका उनको खोजीका क्रममा जंगलमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शनिबारमात्रै काठमाडौंबाट उदयपुर फर्किएका उनको शवसँगै सुसाइड नोट पनि फेला परेको छ ।

आचार्यले सुसाइड नोटमा परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचारको आरोप लागेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिकृष्ण केसीले जनाएका छन् ।

सुसाइड नोटमा लेखिएको छ, ‘म कसैको २ रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो, अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस् । मलाई भ्रष्टाचारी देख्नु अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना !’

उनले सुसाइड नोटमा श्रीमती छोराछोरीलाई मिलेर बस्न आग्रह गरेका छन् भने छोरालाई राम्रोसँग पढ्नु भनेका छन् ।

स्मरणीय छ, अख्तियारले ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्य, कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध गत जेठको दोस्रो साता मुद्दा दायर गरेको थियो ।

नेपाल सरकारको नाममा आइसकेको सो जग्गा मिलेमतोमा हाउजिङको नाममा पास गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो । उनीहरुले सामूहिकरुपमा सरकारी जग्गा कीर्ते गरेर २ करोड २१ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी गर्दै आएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage