scheduleबुधवार मंसिर ४ गते, २०७६

म्यासेन्जरबाट प्रश्नपत्र आउट गर्ने शिवभक्ति प्रहरी खोरमा


धनुषा, २७ साउन । एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र आउट गर्ने चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

परीक्षा हलभित्रैबाट म्यासेन्जरको प्रयोग गर्दै प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई आइतबार दिउँसो पक्राउ परेका हुन् ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र आउट गरेको प्रहरीले फेला पारेको हो । उनीहरुले म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी सोही ठाउँको सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराइरहेका थिए ।

सुराकीको आधारमा प्रहरीले फोटोकपी गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage