scheduleशनिवार भाद्र ७ गते, २०७६

नक्कली परीक्षार्थी बनेका शाही पक्राउ


ललितपुर, २७ साउन । सवारी चालक अनुमति पत्रका लागि लिइएको ट्रायलमा नक्कली परीक्षार्थी बनेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सञ्चालन गरेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने ती युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८ वर्षीय बिनोद शाही रहेका छन् ।

शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुर्खेत घर भई बस्ने २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल परीक्षा दिने क्रममा फेला पारी शाहीलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage