scheduleशनिवार भाद्र ७ गते, २०७६

मेरो स्वास्थ्य अवस्था सामान्य छः प्रधानमन्त्री

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । सिंगापुरमा स्वास्थ्य जाँच गराएर सोमबार स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले ट्विटरमार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।

उनले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्‍य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै ट्वीट गरेका छन् । उनले ओलीले स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकलाई पनि धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका थिए । उनी सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage