scheduleशनिवार भाद्र ७ गते, २०७६

जुवा खालमा प्रहरी छापा, नगदसहित पाँच पक्राउ

फाइल फोटो

भक्त्तपुर, २७ साउन । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

सोमबार भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेका उनीहरुलाई पक्राउ गर्नाका साथै जुवाखालबाट ३० हजार ६ सय ४० रुपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यसैगरी उक्त परिसर र महानगरीय प्रहरी जगाती वृत्तबाट खटिएका २० प्रहरीले सूर्यविनायक नगरपालिका– ७ गुन्डु नयाँबस्तीस्थित सार्वजनिक जग्गामा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको छ । प्रहरीले गाँजाका सबै बोट फँडानी गरी जलाएर नष्ट गरेको हो ।

प्रहरीले गुण्डु नयाँबस्तीमै ९५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई सोही स्थानमा नष्ट गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage