scheduleबुधवार मंसिर ४ गते, २०७६

विश्वकै व्यस्त हङकङको विमानस्थलमा आन्दोलनकारी, चीन भन्छ- आतंकवाद


हङकङ, २७ साउन । संसारकै व्यस्त मध्येको एक हङकङको विमानस्थलमा हजारौंको संख्यामा आन्दोलनकारी घुसेका छन् । आन्दोलनका कारण उक्त विमानस्थलबाट हुने सबै उडान र अवतरण अवरुद्ध भएको छ ।

दश हप्ताभन्दा अघिदेखि एक विधेयकको विरुद्धमा उठेको आन्दोलन चर्कंदै जाँदा सोमबार यहाँका प्रदर्शनकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै छिरेर भव्य प्रदर्शन गरेका हुन् ।

हजारौंको संख्यामा उत्रिएका प्रदर्शनकारीका कारण उक्त विमानस्थलबाट हुने नियमित उडान नै ठप्प भएपछि विश्वको ध्यान हङकङतिर मोडिएको छ ।

हङकङका अधिकारीहरुले आन्दोलन हिंसा उन्मुख भएको भन्दै आन्दोलनलाई ‘परिचालित तथा प्रतिक्रियावादी शक्तिको आन्दोलन’को संज्ञा दिएको छ । चिनियाँ सेनाले ‘पश्चिमा शक्तिबाट परिचालित’ आन्दोलन भन्दै यसलाई दबाउने संकेत देखाएको छ ।

हजारौं संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीहरुको मागबारे स्वयम् उनीहरु नै स्पष्ट देखिन्नन् ।

हङकङमा सुपुर्दगी विधेयकलाई व्यवस्थापन गर्न नसक्दा आन्दोलन उठेको देखिएपनि आन्दोलनमा अन्य मागहरु थपिँदै गएका छन् । विधेयक खारेजी, कार्यकारी प्रमुख क्यारी लामको राजीनामा, प्रहरी दमनको अन्त्य, प्रहरी गतिविधिबारे सोधपुछ गर्न पाउने नागरिक हकको सुनिश्चिततासँगै पक्राउ परेका प्रदर्शनकारीलाई विनाशर्त मुक्त गरिनुपर्ने माग आन्दोलनकारीहरुको छ ।

सरकारले विधेयकको प्रक्रिया नै फिर्ता लिनेदेखि कार्यकारी प्रमुखले दुईपटकसम्म माफी मागिसकेकी छिन् । माथि माग्दा पनि आन्दोलन साम्य नभएपछि उनको राजीनामा नै आउनुपर्ने माग थपिएको छ ।

बेलायतको उपनिवेशबाट मुक्त भएपछि हङकङमा यसैलाई सबैभन्दा ठूलो प्रदर्शनको रुपमा चित्रित गरिएको छ । यद्यपि कार्यकारी प्रमुख क्यारी लाम भने राजीनामा दिन तयार नरहेको बताइएको छ ।

यसैबीच, चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’ भनेको छ । प्रहरीले आइतबार र सोमबार अश्रुग्यास प्रहार गरेपनि आन्दोलनलाई कुनै प्रभाव परेको छैन । प्रदर्शनकारीले पनि प्रहरीलाई पेट्रोल बम नै प्रहार गरेका चिनियाँ मिडियाहरुले खबर लेखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage