scheduleशनिवार भाद्र ७ गते, २०७६

१३ वर्षका बालक जेन्सन रावल ३ दिनदेखि बेपत्ता


काठमाडौं, २७ साउन । भक्तपुर बालकोट बस्दै आएका काठमाण्डौंको बुद्धनगरमा रहेको के.एम.सी स्कुलमा कक्षा ८ मा अध्ययनरत बालक जेन्सल रावल तीन दिनदेखि बेत्ता भएका छन् । गत शनिबार साढे ८ बजे घरबाट निस्किएका जेन्सनले बेपत्ता हुनुअघि १८ वर्षका अभिषेक बस्याललाई भेटेको देखिएको छ ।

सोही आधारमा बस्याललाई प्रक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको भएपनि पत्ता लाग्न नसकेको अभिभावकले बताएका छन् । अभिभावकले बेपत्ता हुनुअघि सँगै रहेका अभिषेक बस्याललाई घटनाबारे थाहा भएको बताएका छन् भने बस्यालका परिवारले भने अभिषेकलाई छुटाउन दवाव दिइरहेको जेन्सनका अभिभावकले बताएका छन् ।

बानेश्वर प्रहरीका डिएसपी दुर्गाराज रेग्मीले भने प्रहरी बालकको खोजीका लागि गम्भीर भएर लागेको बताउँछन् । जेन्सन र अभिषेकले त्यो दिन भेटेको देखिएपनि त्यसपछिका प्रमाण नभेटिएको डिएसपी रेग्मीले बताए । जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage