scheduleशनिवार भाद्र ७ गते, २०७६

वर्षाले तरकारी कुहियो, किसान चिन्तित

बझाङ, २७ साउन । वर्षाका कारण बझाङको सुर्मा गाउँपालिकाका किसानहरुले लगाएको आलु र तरकारीबाली कुहिन थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

बाली कुहिन थालेपछि किसानहरु उत्पादन घट्ने भन्दै चिन्तित बनेका छन् । आलु खेती सुर्माका स्थानीयतको मुख्य पेसा हो ।

यस वर्ष भने आलु खेतीमा कमी आएपछि घरखर्च चलाउन निकै समस्या भएको किसानहरुको गुनासो छ । सरकारी राहत र अनुदानबिना काम गर्नुपरेको र त्यसमा पनि प्राकृतिक प्रकोपका कारण समस्यामा परेपछि किसानहरु निराश छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage