scheduleशनिवार भाद्र ७ गते, २०७६

ओलीको उपचारमा ढिलाई हुँदा नेकपाको बैठक सर्‍यो


काठमाडाैं, २७ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार डाकिएको सचिवालय बैठक सरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्किन ढिलाइ भएकाले बैठक बुधबारका लागि सरेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको स्वदेश आगमन एकदिन सरेकाले बैठक पनि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका लागि शीर्ष नेताको गृहकार्य प्रभावित भएपछि मंगलबारका लागि बोलाइएको बैठक सारिएको उनले बताए ।

नेकपाको सचिवालयको बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage