scheduleशनिवार भाद्र ७ गते, २०७६

यी दश सपना जुन तपाईका लागि शुभ संकेत हुन्

राति तपाईले कुनै सपना देख्नुभयो भने त्यसले दिनभरी दिमागमा प्रश्न जन्माइरहन्छ, ‘खास मैले देखेको सपनाको अर्थ के होला ? यसको प्रभाव के होला ? यस्तो सपना मैले किन देखेँ होला ?’ भनेर ।

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ । स्वप्नशास्त्रका अनुसार कुनै राम्रा सपनाहरुले पनि नराम्रा नतिजा दिन्छन् र कुनै नराम्रा सपनाहरुले पनि राम्रा प्रभाव दिन्छन् ।

यसकारण सपनासँग डराउने भन्दा पनि यसका अर्थहरु बुझ्नु नै हितकर हुनेछ ।

सपनामा भवन बन्दै गरेको देख्नुको मतलब हो तपाईलाई प्रमोशन मिल्दैछ वा धनलाभ हुनेवाला छ ।

आफैंलाई एकदमै गरिब वा भिखारीको रुपमा देख्नुभयो भने यस्तो सपनाको अर्थ हुन्छ तपाईलाई धनलाभ हुँदैछ ।

सपनामा आफ्नै आत्महत्या गरेको देख्नुभयो भने तपाई डराउनुहुन्छ होला तर डराउनु पर्दैन । किनकी यस्तो सपनालाई राम्रो मानिन्छ । यसको अर्थ हुन्छ, तपाईंको आयू बढेको छ ।

सपनामा यदि तपाईंले गुलाब देख्नुभयो भने यस्तो सपनाको संकेत हुन्छ, तपाईको कुनै ठूलै मनोकामना पूरा हुँदैछ ।

सपनामा सर्प देख्नु राम्रो मानिन्छ । सपनामा सर्प देख्नुले सरकारी क्षेत्रमा लाभ मिल्ने कुरालाई संकेत गर्दछ । यसलाई धन र सन्तान प्राप्तिको संकेतको रुपमा पनि बुझिन्छ ।

सपनामा छेपारो देख्नुभयो भने यो पनि शुभ संकेत हो । यसको अर्थ तपाईले धनप्राप्ति गर्दै हुनुहुन्छ भन्ने हो ।

सपनामा सुगा देख्नुको अर्थ हो तपाई धन प्राप्त गर्दै हुनुहुन्छ ।

सपनामा आफैंलाई चिहानमा देख्नुको अर्थ हो तपाईलाई छिट्टै कुनै मान सम्मान वा कुनै लाभ मिल्नेवाला छ ।

    सपनामा तारा देख्नुभयो ? यसको अर्थ के होला ? नराम्रो पक्कै होइन । यसको अर्थ हुन्छ, तपाई कुनै शुभ समाचार सुन्नेवाला हुनुहुन्छ ।

    Loading...
    प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage