scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

यो हो मुख धुने सहि तरिका

यो पढेर तपाईंलाई आश्चर्य लाग्नसक्छ कि मुख धुने पनि कुनै तरिका हुन्छ र ? तर मुख धुँदा पनि हामी कयौं गल्ती गरिरहेका हुन्छौं । आउनुहोस् आज तपाईंलाई हामी मुख धुँदा ध्यानुदिनुपर्ने कुराहरुको विषयमा जानकारी गराउनेछौं ।

जहिलेपनि मुख धुँदा साबुन अथवा अन्य पदार्थले नधुनु होस् किनकी अनुहारको छाला अन्य अंगको भन्दा संवेदनशील मानिन्छ । सकेसम्म राम्रो फेसवासले अनुहार धुनुहोस् । आफ्नो छाला अनुसार तपाईंले फेसवास प्रयोग गर्नुपर्छ ।

यदि तपाईंको छाला सुख्खा छ भने यस्तो फेसवास प्रयोग गर्नुहोस् जसले तपाईंको अनुहारको छालालाई आद्रता र अखण्ड बनाइराख्नेछ । सुख्खा छालाको लागि तपाईंले मह र केसर मिलेर बनेको फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यदि तपाईंको अनुहारको छाला चिल्लो छ भने आँप तथा एलोभिरा वा निमयुक्त फेसवासले मुख धुनुपर्छ । यदि तपाईंको अनुहारको छाला मरेको छ भने स्क्रब फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ ।

मुख धुँदै गर्दा तपाईंले धेरै तातो तथा चिसो पानीको प्रयाग नगर्नुहोस् । यसले तपाईंको अनुहारको छालामा नराम्रो असर गर्छ । ताजापानी वा मनतातो पानीले अनुहार धुनुहोस् ।

अनुहारलाई धेरै नरगट्नुहोस् । हातले हल्का मात्रै छालालाई रगट्नुहोस् । यसले गर्दा छाला सुख्खा हुँदैन । मुख धोएपछि अनुहारलाई विस्तारै मात्रै पुछ्नुहोस् । दिनको दुई पटक फेसवासले मुख धुँदा अनुहारमा चमक आउँछ ।

यदि तपाईं मेकअफ गरेपछि मुख धुँदै हुनुहुन्छ भने पहिले मेकअपलाई हटाउनुहोस्, त्यसपछि अनुहारलाई पुछ्नुहोस् । त्यसपछि मात्रै मुख धुनुहोस् यसले तपाईंको अनुहारको छालालाई स्वस्थ राख्छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage