scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

अदालतमा सेनाको ‘अनधिकृत प्रवेश’

काठमाडौँ, २८ साउन ।  फौजदारी  कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको भेटिएको छ ।

चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुननै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको फेला परेको हो ।

गत वर्ष भदौमा सेनाले दायर गरेको रिट सर्वोच्चमा प्रारम्भिक कारबाहीको अवस्थामा छ । जब कि संविधान र कानुनअनुसार यो दर्ता हुने प्रकृतिको निवेदन होइन ।

तीन फरार सैनिक अधिकारीको प्रतिक्षामा सेना सर्वोच्च अदालतमा पुगेको हो । काभ्रेकी मैना सुनुवार हत्याको अभियोगमा दोषी ठहरिएका तीन जना ‘कसुरदार’ सेनाको प्राड विभागले बचाउ गरेको हो । कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage