scheduleबिहिवार कार्तिक २८ गते, २०७६

बार्सिलोनामा कोटिन्होको सपना भताभुंग हुँदै, नेयमार प्रमुख कारण

 

काठमाडौँ, २८ साउन । ठुलै सपना बोकेर बार्सिलोना हानिएका स्टार खेलाडी फिलिपिन्हो कोटिन्होको भविष्य यता न उताको भएको छ ।

बार्सिलोनाले ठुलो रकम खर्चिएर उनलाई अनुबन्ध गरेको थियो तर, उनी क्लबले चाहेजस्तो खेलाडी नभएपछि उनको बार्सिलोना यात्रा धरापमा परेको छ ।

मिडिया रिपोर्टका अनुसार उनलाई बार्यन म्युनिखले अनुबन्ध गर्न चाहेको छ । उनलाई किन्नुभन्दा पनि लोनमा लैजाने प्रयासमा बार्यन रहेको छ । उनी म्यानचेस्टर युनाइटेडमा जाने हल्ला चलेको थियो । खेलाडी किन्ने समय सकिँदै गर्दा उनी बार्सिलोनामा रहने वा अन्य क्लब जाने अन्यौल थप बढेर गएको छ ।
उनलाई बार्सिलोनाले भने बेच्न चाहेको छ ।

ठुलो रकम खर्चिएर अनुबन्ध गरेको खेलाडीलाई बेन्चमा मात्रै सिमित बनाउने पक्षमा बार्सिलोना पनि रहेको छैन ।

उनलाई बेचेर भएपनि नेयमारलाई अनुबन्ध गर्न बार्सिलोना चाहिरहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage