scheduleशनिवार भाद्र ७ गते, २०७६

विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ

काठमाडौँ, २८ साउन । अबदेखि अमेरिकामा राम्रो कमाई नहुनेले ग्रिनकार्ड पाउन मुस्किल हुने भएको छ । अमेरिकी सरकारले सोमबार नयाँ भिसा नियम जारी गर्दै ग्रिनकार्ड भिषामा कडाइ गरेको हो ।

ट्रम्प सरकारले जारी गरेको नयाँ नियम अनुसार राम्रो आम्दानी नहुने वा गर्न नसक्ने व्यक्ति तथा परिवारले ग्रिन कार्ड प्राप्त गर्न सक्ने छैनन् ।

जारी गरिएको नयाँ नियम आगामी अक्टोबरबाट लागु हुनेछ । यो नियम लागु भएपछि कम आम्दानी हुने लाखौं आप्रवासी प्रभावित हुने अनुमान गरिएको छ ।

ग्रिन कार्ड आवेदन दिने व्यक्ति आफ्नो खुट्टामा आफै उभिएको हुनु पर्नेछ । उ परिवारका सदस्य, स्पोन्सर र निजी दातामा आश्रित हुनु हुँदैन जारी गरिएको नियममा भनिएको छ ।

मिडिया रिपोर्टका अनुसार इमिग्रेसनका विषयमा ट्रम्प सरकारले लिएको यो सबैभन्दा ठुलो निर्णय हो ।

यो नियम ग्रिन कार्ड आवेदक मात्र नभएर अन्य भिसामा पनि लागु हुनेछ । यो नियमको आधारमा अमेरिकी सरकारलाई भार पर्ने देखिएको खण्डमा भिजिट भिसा लगायत सबै भिसा आवेदन अस्वीकार गर्न सकिने छ ।”यो नियमले आधाभन्दा बढी ग्रिन कार्ड आवेदन अस्वीकार गर्ने खतरा छ,” ईमिग्रेसन अनुसन्धान संस्था माईग्रेसन पोलिसी ईन्सिच्युटले जनाएको छ । मिडिया रिपोर्टका अनुसार यो नियमले अमेरिकी ग्रिन कार्ड पाउन आवेदन दिएका तथा भविष्यमा ग्रिन कार्ड आवेदन गर्ने नेपाली पनि प्रभावित हुनेछन् । अमेरिकामा बसोबास गर्दै आइरहेका नेपालीलाई पनि यो नियमले ठुला प्रभाव पार्ने देखिएको छ । नेपालीको सरदर कमाई दुईहजार पाँचसय डलरको हाराहारीमा छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage