scheduleशनिवार भाद्र ७ गते, २०७६

प्रदेश २ को स्थायी राजधानी जनकपुर, नाम के ?


जनकपुरधाम, २८ साउन । प्रदेश नम्बर २ को स्थायी राजधानीबारे सरकार गठन भएको झन्डै डेढ वर्षपछि दलहरुबीच सहमति जुटेको छ । जनकपुर नै हुने भएको छ । दलहरुबीच भएको सहमतिअनुसार प्रदेश नं. २ को स्थायी राजधानी जनकपुरमा नै रहने भएको छ ।

प्रदेश २ का सामाजीक विकासमन्त्री नवलकिशोर साहका अनुसार हाल अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानी बनाउनेमा सबै दलबीच सहमति जुटिसकेको र प्रदेशको नामाकरण पनि चाँडै हुनेछ । साहका अनुसार दलहरुबीच भएको सहमतिलाई कानुनी रुप दिन मात्र बाँकी छ ।

प्रदेश राजधानीको बारेमा सहमति भए पनि नामाकरणका विषयमा यो अधिवेशनमा नभए पनि अर्को अधिवेशनसम्ममा टुंगो लगाइने उनले बताए ।

नेपाली काँग्रेसका सांसद एवं संसदीय दलका उपनेता रामसरोज यादव राजधानीको बारेमा दुई तिहाईभन्दा बढी सहमति जुटे पनि नामाकरणमा सहमति जुट्न नसकेको बताउँछन् ।

‘हामीले प्रदेशको नाम मिथिला भोजपुरा र मिथिला मधेस राख्न प्रस्ताव गरेको तर राजपाले मधेस प्रदेश राखेको प्रस्तावमा सहमति जुट्न सकेको छैन,’ उनले भने ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन भएसँगै प्रदेशको नाम र राजधानी तोक्ने बाटो खुलेको छ । यसलगत्तै प्रदेश सांसदहरु प्रदेशको नामाकरण र राजधानीको नामका लागि सक्रिय भएका छन् ।

यसअघि प्रदेश सरकारले गत मंसिरमा राजधानी र प्रदेशको नामाकरणका लागि गठन गरिएको आयोगले प्रदेशको नाम मिथिला, मिथिला मधेस, मधेस प्रदेश, मिथिलो भोजपुरालगायतका नाम राख्न सुझाव दिएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage