scheduleशनिवार भाद्र ७ गते, २०७६

विषादी जाँचका लागि ऐन ल्याउने सरकारको तयारी


काठमाडौं, २८ साउन । तरकारी तथा खाद्य उत्पादनमा बढ्दो विषादीको प्रयोगलाई नियमनका लागि सरकारले विषादी जाँच ऐन ल्याउने भएको छ ।

ऐन आएपछि तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपााणि खनालले बताए । मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजना ल्याइएको दावी गर्दै अबको १० वर्षमा नेपालको कृषिले फड्को मार्ने धारणा राखे ।

उनले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै युवाहरूलाई नेपालमै फर्काएर काम दिन सकिने गरी योजना बनाउनुपर्ने उल्लेख गरे । उनले २१ देखि ३५ वर्षका युवालाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने टिप्पणी गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage