scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

सुनको मुल्यमा नयाँ रेकर्ड, व्यवसायी भन्छन्- कारोबार ठप्प छ

काठमाडौं, २८ साउन । तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार एक हजारले बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।  सुनको मुल्य बढेको छ । छापावाला सुन  प्रतितोला  ७१ हजार रुपैयाँमा कारोबार भएको छ भने  तेजाबी सुनको मूल्य तोलाको ७० हजार ७ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एक महिनाको बीचमा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढिसकेको छ । अझै बढ्ने अनुमान गरिएको छ ।

सुनको मूल्य बढ्दा व्यापारीहरु भने निराश छन् । अहिले सुनको खरिद बिक्री हुनै छाडेको व्यवसायीहरुको भनाइ छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले कारोबार ठप्प जस्तै रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage