scheduleशनिवार भाद्र ७ गते, २०७६

प्राधिकरणको नाफा १४९ प्रतिशत बढ्यो, चुहावट नियन्त्रण १५.३२ %

काठमाडौं, २८ साउन । आर्थिक वर्ष २०७४/०७५ मा नेपाल विद्युत प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा गरेको  छ। गत आर्थिक वर्षमा प्राधिकरणले कमाएको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को भन्दा १४९ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षमा प्राधिकरणले गरेको प्रगति समीक्षाका बारेमा जानकारी दिँदै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्राधिकरणको खुद मुनाफामा उच्च अंकको वृद्धि भएको बताए।

विद्युत चुहावट नियन्त्रणमा पनि प्राधिकरणले प्रगति हासिल गरेको छ। गत आर्थिक वर्षमा विद्युत चुहावट १५ दशमलव ३२ प्रतिशत कायम भएको छ। जुन अघिल्लो आर्थिक वर्षको विद्युत चुहावट २० दशमलव ४५ प्रतिशतले भन्दा ५ दशमलव १३ प्रतिशतले कम हो। आर्थिक वर्ष २०७२/७३ मा कुल चुहावट २५ दशमलव ७८ प्रतिशत रहेकोमा पछिल्लो ३ वर्ष अवधिमा १० दशमलव ४६ प्रतिशतले चुहावटमा कमी आएको छ।

गत असार मसान्तसम्ममा राष्ट्रिय प्रशारणलाइनमा आबद्ध भई विद्युत उपभोग गर्ने जनसंख्या ७८ प्रतिशत रहेको छ। यो गत वर्षको तुलनामा करिब १० प्रतिशत बढी हो।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage