scheduleशनिवार भाद्र ७ गते, २०७६

बालिका बलात्कारको आरोपमा बेपत्ता रहेका समिर पक्राउ

सप्तरी, २८ साउन । एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपालिका–२ कुशहाका ४० वर्षीय मो.समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए । आरोपितहरूले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर फरार भएका थिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage