scheduleशनिवार भाद्र ७ गते, २०७६

आरक्षण कार्यान्वयनको माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं, २८ साउन ।  जनजातिसँग सम्बन्धित संघ–संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै बालुवाटारमा विरोध प्रर्दशन गरेका छन् । संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चितता गरेतापनि राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरु  प्रर्दशनमा उत्रिएका हुन् ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो  बालुवाटारमा प्रर्दशन गरेका हुन् ।

प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, असमावेशी विज्ञापन खारेज गर लगायतका ब्यानर सहित नाराबाजी गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage