scheduleसोमवार मंसिर २ गते, २०७६

न्यूरोडमा भीषण आगलागी हुँदा ३२ सटर जले (फाेटाेफिचर)

पोखरा, २८साउन । पोखराको मुख्य व्यापारिकस्थल न्यूरोडमा भीषण आगलागी भएको छ । स्थानीय एस मिनी मार्केटमा मंगलबार दिउँसो भीषण आगलागी हुँदा मिनी मार्केटमा रहेका विभिन्न पसलका ३२ वटा सटर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

दिउँसो ४ बजेर ५ मिनेटमा भएको आगलागी नियन्त्रणमा आउन झण्डै १ घण्टा लागेको प्रहरीले जनाएको छ । आगलागीबाट मार्केटमा रहेका फोम हाउस, इलेक्ट्रिक पसल, फलफूल पसल, बिजुली पसल, चस्मा पसल, जुस हाउस, रेष्टुरेन्ट, फेन्सी पसल लगायत एक दर्जन पसल जलेका छन् ।

पोखरा महानगरपालिकाको ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी सहित स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage