scheduleशनिवार भाद्र ७ गते, २०७६

साझा युवा संगठन बन्यो, महासचिवमा पोखराका गौतम

काठमाडौं, २८ साउन । साझा पार्टीले आफ्नो आङ्गीक संगठन साझा युवा संगठनको प्रारम्भिक कमिटी गठन गरेको छ । युवा नेता तथा साझा पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ संयोजक रहेको उक्त संगठनले सरोज गौतम महासचिव रहने गरी प्रारम्भिक समिति घोषणा गरेको हो ।

महासचिवको जिम्मेवारी पाएका गौतम कास्कीका स्थायी बासिन्दा हुन् भने उनी पेशाले आईटी इन्जिनियर हुन् । मंगलबार बखुण्डोलमा आयोजित कार्यक्रममा साझा युवा संगठन बनाइको हो । महासचिव गौतमले सङ्गठनले सुसंस्कृत राजनीतिलाई गाउँगाउँसम्म पुर्‍याउनका लागि साझा युवाको सङ्गठन निर्माण गरिएको र पूर्ण केन्द्रीय समितिको घोषणा आगामी असोज ५ गते काठमाडौमा गर्ने निर्णय गरेको जानकारी दिए ।

उक्त घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउन केही विभागीय टिम समेत निर्माण भएको गौतमले जानकारी दिए । उनका अनुसार सङ्गठन निर्माण टिमको नेतृत्वमा इन्जिनियर मनोज पहारी, प्रचार टिमको नेतृत्व जितेन्द्र खतिवडा, विधान लेखन समितिको नेतृत्व प्रकृति पहारी, आर्थिक समितिको नेतृत्व आरजु लोहनी र लजिस्टिक म्यानेजमेन्टको नेतृत्व पदम बुढामगरले गर्ने छन् ।

संगठन विभागको जिम्मा लिएका मनोज पहारी पेसाले सिभिल इन्जिनियर हुन् । उनले लामो समय ‘टिच फर नेपाल’मा रहेर काम गरेका थिए । प्रकृति पहारी आइटी इन्जिनियर हुन् भने खतिवडा चलचित्र निर्माता हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage