scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

बच्चाको अगाडि कहिल्यै नगर्नुहोस् यस्ता गल्तीहरु

काठमाडौं । आजको भागदौडको व्यस्त जिन्दगीमा हामीले परिवारलाई खासै समय दिन भ्याउँदैनौं । भारतीय लेखक चेतन भगत भन्छन्, ‘परिवारको लागि समय देउ, मर्ने बेला तिम्रा पावरपोइन्टहरुले सम्झँदैनन् ।’ यहाँ परिवारको कुरा भन्दा पनि अझ गम्भीर हुनुपर्ने बालबालिकाको कुरा छ । व्यस्तताको कारण हामीले बालबालिकालाई समय र ध्यान दिन सकेनौं भने उनीहरुले गलत बाटो समाउन सक्छन् । तर हामी सबैको चाहना हुन्छ, हाम्रा बच्चाहरु पढुन्, लेखून र ठूला मान्छे बनून् । असल बनून । के हाम्रो कामनाले मात्र हाम्रा बच्चाहरु राम्रा बन्छन् त ?
हाम्रो पवित्र चाहनाले मात्र बच्चाहरु असल बन्दैनन् । हामीले बच्चाको आनीबानी बदल्नुभन्दा पहिला आफ्ना केही आनीबानी बदल्नुपर्छ । जसले बच्चाको आनीबानी आफैं बदलिन्छ । किनकी परिवार बच्चाको पहिलो पाठशाला हो । यहाँ हामी केही यस्तो आनीबानीको बारेमा चर्चा गर्दैछौं, जसलाई हामीले हटाउनुपर्छ झन बच्चाको अगाडि त गर्नै हुँदैन–

झगडा – साना बच्चाहरुको अगाडि कसैसँग पनि झगडा गर्नुहुँदैन । यसबाट बच्चाहरु डराउँछन् र उनीहरुको सोचमा नकरात्मकताको विकास हुन्छ ।

ठूलो स्वरले कराउनु – घर होस् वा घरबाहिर, एकआपसमा ठूलो स्वरले कहिले पनि कुरा गर्नुहुँदैन । यस्तो गरियो भने उसले पनि त्यही सिक्छ र त्यस्तै व्यवहार गर्दछ ।

बच्चाको भावनालाई नकार्नु – बच्चाले के भन्न चाहन्छन्, बुझ्ने प्रयत्न गर्नुहोस् । उनीहरुको चाहनालाई नकार्नु हुँदैन । यसो गरियो भने उनीहरुलाई लाग्छ कि मलाई मेरा आफन्तले इन्कार गरिरहेका छन् । यसले उनीहरुमा नकरात्मक भावनाको विकास हुन्छ र आफूलाई सधैं रक्षात्मक अवस्थामा पाउँछन् ।

बच्चाको कुरा सुन्नुहोस् – बच्चाको कुरा सुन्नुहोस् । उसको सल्लाह लिनुहोस् र उनीहरुलाई बुझ्ने प्रयास गर्नुहोस् । यसबाट उसले तपाईको जीवनमा उसको महत्व बुझ्नेछ ।

अश्लिल भाषा र अभद्र गालीगलौज – बच्चाको अलाडि अश्लिल र अभद्र भाषाको प्रयोग नगरौं । गाली गलौज नगरौं ।

बच्चाको नराम्रो कुरा – बच्चाकै अगाडि अरुलाई उसको बारेमा नराम्रो कुरा नगर्नुहोस् । कुरा नलगाउनुहोस् । यसले उसमा हिनभावनाको विकास हुन्छ । बच्चा प्रोत्साहित हुँदैनन् । निरुत्साहित हुन्छन् । सकेसम्म बच्चालाई प्रोत्साहित गर्नुपर्छ । बच्चा कोपिला हुन । राम्रोसँग फुल्न दिनुपर्छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage