scheduleशनिवार भाद्र ७ गते, २०७६

दोहोरो सुविधा दिन कानुन संशोधनको तयारी

काठमाडाैं, २९ साउन । प्रदेश ५ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई दोहोरो सुविधा दिन कानुन संशोधन गर्न लागेको छ । स्थानीय जनप्रतिनिधिले राज्यकोषबाट पाउने सुविधासम्बन्धी ऐन संशोधन गरेर दोहोरो सुविधा लिन पाउने व्यवस्था गर्न लागेको हो ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन गर्ने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।

‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन विधेयक मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ,’ प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने, ‘संशोधित विधेयकले सेवानिवृत्त पूर्वकर्मचारी तथा शिक्षकसमेत रहेका जनप्रतिनिधिलाई पेन्सन बुझ्न दिने व्यवस्था गरेको छ ।’

हाल कायम रहेको कानुनमा भने स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने व्यवस्था छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage