scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Global IME

विश्वविद्यालयको नियुक्तिमा दलीय भागवण्डा भए आन्दोनल गर्छुः डा. केसी

फाइल फोटो

काठमाडौं, २९ साउन । विभिन्न चरणमा अनसनमा बसी शैक्षिक, राजनीतिक सुधारको पक्षमा उभिँदै आएका चिकित्सक डा. गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका छन् । उनले विभिन्न विश्वविद्यालयहरुको नियुक्तिमा विगतमा जस्तै दलीय भागवण्डा भए आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

मंगलबार विज्ञप्ती जारी गर्दै केसीले त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था भर्खरै सतहमा आएकाले फेरि भावण्डाका आधारमा नियुक्ति गरिए लज्जास्पद हुने बताएका छन् । दलीय भागगण्डा तोडेर ‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’ले प्रतिवेदनलाई कार्यान्वयन गर्न उनले विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिहरुलाई विश्वविद्यालयहरुमा नियुक्त नगर्न आग्रह गर्दै केसीले चिकित्सा शिक्षा आयोगले पूर्णता नपाएको विभिन्न वहाना देखाई केही मेडिकल कलेजले विद्यार्थी भर्ना सुरु गरेको भर्ना रद्द गर्न पनि माग गरेका छन् ।

केसीद्वारा प्रकाशित विज्ञप्तिमा ऐनमा समावेश भएको ७५ प्रतिशत छात्रावृत्ति, साझा प्रवेश परीक्षा लगायतका बुँदा कार्यन्वयन गरेर मात्र भर्ना सुरु गर्न माग गरिएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage