scheduleशनिवार भाद्र ७ गते, २०७६

जनप्रतिनिधिलाई दुई वर्षमा आठ करोडको गाडी

दाङ, २९ साउन । दाङका स्थानीय तहले जनप्रतिनिधिका लागि करिब आठ करोड रुपैयाँबराबरको सवारीसाधन खरिद गरेका छन् । कानुनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सवारीसाधनको सुविधा पाउने उल्लेख छ ।

सोही कानुनलाई टेकेर चर्को मूल्यका सवारीसाधन खरिद गरिएको हो । स्थानीय तहमा नियमविपरीत उपप्रमुखदेखि वडाध्यक्षसम्मका लागि सरकारी सवारीसाधन खरिद गरिएको छ । दाङमा तुलसीपुर र घोराही गरी दुई उपमहानगरपालिका, लमही नगरपालिका र सातवटा गाउँपालिका छन् ।

तुलसीपुर उपमहानगरले जनप्रतिनिधिका लागि सवारीसाधनमा एक करोड ३२ लाख लाख रुपैयाँ खर्च गरेको छ । २० वटा मोटरसाइकल तथा नगर प्रमुख र प्रशासकीय अधिकृतका लागि महँगो मूल्यको गाडी खरिद गरिएको छ । नयाँ पत्रिका दैनिकमा भूपेन्द्र वलीले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage