scheduleसोमवार मंसिर २ गते, २०७६

सांसद सूर्यनारायणले सुटुक्क राजीनामा दिएपछि चर्चामा सिके

काठमाडौं, २९ साउन । सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् । राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्न चाहेनन् ।

समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले डा. यादवको राजीनाबारे जानकारी गराएका थिए । अध्यक्ष यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन् ।

समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले डा. यादवको राजीनामाबारे पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘उहाँले किन राजीनामा दिनुभयो, थाहा हुन सकेको छैन’, अधिकारीले भने, ‘हामी यसबारे बुझ्दै छौं ।’

डा. यादव जनकपुरका बालरोग विशेषज्ञ हुन् । राजनीतिमा खासै सक्रिय नदेखिएका डा. यादव निर्वाचनमा एक्कासि फोरमको उम्मेदवारका रूपमा चुनावी मैदानमा देखिएका थिए ।

सांसद यादवको राजीनामा उपचुनावसँग जोड्न थालिएको छ । यादवको राजीनामा स्वीकृत भएमा सप्तरी १ मा उपचुनाव हुन्छ । उपचुनाव भएमा सीके राउतले उम्मेदवारी दिने चर्चा सामाजिक सञ्जालमा हुन थालेपछि जनमत पार्टीले खण्डन गरेको छ ।

जनमत पार्टीका प्रवक्ता अब्दुला खाणले राउत उपनिर्वाचनमा सहभागी हुने योजना नरहेको प्रस्ट पारे । यद्यपि उनले जनमत पार्टी निर्वाचनविरोधी नभएको बताए । अन्नपूर्ण पोस्ट दैनिकमा नवीन झाले खबर लेखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage