scheduleशनिवार भाद्र ७ गते, २०७६

संकटमा किसानको साथी गाइने किरा

काठमाडौँ, २९ साउन । पानीका स्रोत र मुहान प्रदूषित हुँदा दुर्लभ गाइने किरा सङ्कटमा परेको छ । विशेषगरी काठमाडौँ उपत्यकाको उत्तरी भेग र नेपालको पूर्वी भेगमा पाइने ‘रिलिक्ट हिमालयन ड्र्यागनफ्लार्ई’ नामक गाइने किरा सङ्कटमा परेको हो ।

‘कालो शरीरमा पहेँला थोप्ला र सुनौला पखेटा भएको यो दुर्लभ किरा हो तर पानी दूषित हुँदै जाँदा सङ्कटमा परेको छ,’ अध्ययनकर्ता भैया खनालले भन्नुभयो, ‘यो किरा प्रदूषणको सिकार भएको हो ।’ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको अमूल्य सम्पत्ति भए पनि यसको संरक्षण र अध्ययनमा त्यति ध्यान नगएको उहाँ सुनाउनुहुन्छ ।

स्वच्छ पानीमा हुर्कने यस जीवको अस्तित्वमा मानव उत्पादित फोहोरले असर पारेको खनालले बताउनुभयो । ‘नदीमा सीधै फ्याँकिने मानवनिर्मित ढल र फोहोरका कारण नदी प्रदूषित भएसँगै मुहानसमेत प्रदूषित हुन थालेकाले यसको प्रजननसँगै हुर्काइमा सीधा असर परेको छ,’ खनालको विश्लेषण छ ।

पानी प्रदूषित भएकै कारण किरा सफा पानीको खोजी गर्दै अन्यत्र पलायन हुन्छ । यतिमात्र होइन, बढ्दो मानव जनसङ्ख्याको चाप, वन अतिक्रमण, माटोको गुणस्तरमा ह्रास, सहरीकरण, धुलो र धुवाँले यसको बासस्थानमा असर गर्दै गएकाले संरक्षणका लागि थप अध्ययन र सचेतना जरुरी रहेको खनालको भनाइ छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage